arrow

पुरुषले ३० कट्नु अघि छोड्नुपर्ने १० बानी

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
young-man.jpg

एजेन्सी। प्रत्येक उमेर अनुसार मानिसहरुले गर्ने कार्य पनि फरक फरक हुन्छन् । जस्तै- बच्चामा दुध पिउनु भने उमेरमा वियर। सबै मानिसका लागि उमेरले परिपक्व पनि गराउछ।

सबैले सिक्नु पर्ने कुरा चाहि प्रत्येक बर्ष बढेसँगै उमेर पनि थपिदै गएको हुन्छ । मानिसले आफुलाई मुल्याङ्कन गर्दै र आफ्ना कमि कमजोरीलाई सच्याउदै लैजानु नै वुदिमानी हुन्छ। तपाईको परिवक्वताले नै तपाई जीवनलाई खुशी बनाउन सहयोग गर्दछ।

जब तपाईं ३० बर्षर्को उमेर छेउ पुग्नुहुन्छ घर परिवारले तपाईबाट निकै अपेक्षा गरेको हुन्छ। त्यसैले  यी महत्वपूर्ण टिप्स अनुसार आफ्नो खराब बानी छोडे तपाईंलाई जीवन जिउन सहज हुनेछ । हेरौ पुरुषले ३० बर्षको उमेर पछि छोड्नु पर्ने १० वानीहरु।

लड्ने गरेर पिउने
कहिले काहि साथीभाइसँग रमाइलो गर्ने पिउने बानीलाई ठिकै मान्न सकिन्छ।  तर बेहोस हुने गरेर पिउनु उपयुक्त होइन। यसले तपाईको सामाजिक प्रतिष्ठामा आच पुर्याउछ । त्यसैले  पुरुषले ३० कट्नु अघि लड्ने गरेर पिउने वानीलाई छाड्नु पर्दछ।

लाप्पा खेल्ने
केटाकेटिमा जो कोहि पनि लाप्पा खेल्छ । तर बयस्क भएपछि पनि लाप्पा खेल्नु ठिक हुदैन । त्यसैले तपाईको लाप्पा खेल्ने वानी छ भने छोडनुहोस।

धेरै भिडियो गेम खेल्ने
भिडियो गेम खेल्नाले तपाई आफ्नो कामलाई निरन्तरता दिन कठिनाइ पर्छ त्यसैले  भिडियो गेम खेल्न छोड्नुहोस ।

लक्ष्य बिहिन काम
मानिसले आफु केहि गर्नु पहिले लक्ष्य लिएर सुरु गर्नुपर्ने हुन्छ । लक्ष्य बिहिन कामले मानिसको समय बर्वाद मात्र बनाउदछ । त्यसैले  लक्ष्य लिएर काम गर्नुहोस।

प्रतिबद्धता बिहिन प्रेम/सम्बन्ध
प्रेम/सम्बन्ध मा प्रतिबद्धता जनाउन आवश्यक हुन्छ । प्रतिबद्धताले आफन्त प्रति विश्वास जगाउँदछ । त्यैसैले प्रतिबद्धता सहित सम्बन्धलाई अगाडि बढाउनुहोस् ।

डरलाग्दो ड्राइभिङ्ग
गाडि चलाउँदा सावधानि अपनाउन आवश्यक पर्दछ । बयष्क पुरुषहरु ट्राफिक नियमको उल्लंघन गरि जथाभावी गाडि कुदाउने गर्दछन् । जसकारण जानाजान समस्यामा पर्ने गर्दछन् । तर पुरुषले ३० कट्नु अघि यस्तो क्रियाकलापलाई छोड्नु पर्ने हुन्छ ।

डाक्टर कहाँ नजाने
उमेर छदा केहि नभए पनि जब उमेरको सुई चढ्न थाल्दछ शरिर शिथिल हुन पुग्दछ । त्यसैले पुरुषले ३० कट्नु अघि देखि नियमित शारिरिक व्यायम गर्ने र डाक्टरको सल्लाह सुझाव मान्नु वुद्धिमानी हुनेछ ।

इमान्दार हुने
उमेर बढेसँगै जिम्मेवारि पनि बढ्छ । त्यसैले इमान्दार हुन आवश्यक छ ।

धेरै पार्टी/ डान्स
पुरुषले ३० कटेपछि धेरै पार्टी/ डान्सलाई बन्द गर्नुपर्ने हुन्छ । पार्टी र डान्सले तपाई गृहस्थी जीवनलाई बर्वाद पार्दछ ।

फास्ट फुड
३० पछि फास्ट फुडमा कम ध्यान दिनुस। हाइजनिक खानामा ध्यान दिनुस।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ