arrow

मेक्सिकोको तेल कम्पनीमा शक्तिशाली विष्फोट, ३ को मृत्यु

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
plant_explosion.jpg.jpeg
एजेन्सी । दक्षिण पूर्वी मेक्सिकोको वेराक्रुज राज्यको एक तेल कम्पनीमा भएको शक्तिशाली विष्फोटमा तीन जनाको मृत्यु भएको छ । एक सय ३६ जना घाइते भएका छन् । विष्फोट कोटजाकोलोस स्थित सरकारी तेल कम्पनी पेमेक्समा भएको हो । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र सबै स्कुलहरु बन्द गरिएको अधिकारीहरुले बताएका छन् । 
 
विष्फोटबाट लागेको आगो नियन्त्रणमा आएको र निस्किएको धुँवा कम हुँदै गएको बताइएको छ । यस्तै, वातावरणमा विषालु ग्याँस फैलने खतरा समेत कम भएको छ । कम्पनीले विष्फोटले तेल निर्यातमा कुनै असर नपर्ने बताएको छ ।
 
सेप्टेम्बर २०१२ मा तामाउलिपासको एक ग्याँस प्लान्टमा विष्फोट हुँदा ३३ जनाको मृत्यु भएको थियो । सेक्सिको सिटीस्थित पेमेक्सको मुख्यालयमा जनवरी २०१३ मा भएको विष्फोटमा ३७ जनाको मृत्यु भएको थियो । यस्तै, अघिल्लो वर्ष मेक्सिकोको खाडीस्थित कम्पनी रिग्समा आगो लागेको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ