arrow

वीरगञ्ज फ्रेन्ड्सको उद्धेश्यमूलक साहित्यिक एवं मनोरञ्जनपूर्ण साँझ

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
jag-shakti.jpg

वीरगञ्ज । राउण्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत रहेको वीरगंज फ्रेन्ड्स राउण्ड टेबल ८ (बीएफआरटी–८) ले साहित्यिक एवं मनोरञ्जनपूर्ण साँझ ‘एन इभिनिङ विथ डा कुमार विश्वास’आयोजना गरेको छ।

स्थानीय ज्ञानदा एकेडमीको सभाहलमा भएको उक्त कार्यक्रमको मूल प्रयोजक ‘जग शक्ति गोल्ड टीएमटी’ रहेको थियो। कार्यक्रममा बीएफआरटी–८ द्धारा संरक्षित स्कूल विश्व हिन्दु संस्कृत विद्यापीठका बाल बालिकाले स्वागत गान तथा नृत्य गरेका थिए। कार्यक्रमको शुरुआतमा विख्यात जादूगर सुमित खरबन्दाले जादू, कला र कौशल प्रदर्शन गरेका थिए। डा. विश्वास एक कवि, लेखक तथा उत्प्रेरक व्यक्तित्वको रुपमा चिनिने गरेका हुन्।

करिब ६०० जनाको उपस्थितिमा भएको उक्त कार्यक्रम तीन घण्टा चलेको थियो। कार्यक्रममा संघीय सांसद प्रदिप यादव, वीरगंज मनपाका मेयर विजय सरावगी, प्रदेश नं. २ का सांसद ओम प्रकाश शर्मा, राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष सौरभ केडिया लगायत महिला, उद्योगी व्यापारी, संचारकर्मीको उपस्थिति रहेको थियो।

राउण्ड टेबल अन्तर्राष्ट्रियको पूर्ण सदस्य रहेको राउण्ड टेबल नेपाल एक नाफा नकमाउने उद्देश्य सहितको गैर राजनीतिक एवं सामाजिक संस्था भएको दावी गरिन्छ। करिब चार सय ५० सदस्य रहेको यस संस्थाले हालसम्म स्वतन्त्र विचार शिक्षा (फ्रिडम थट शिक्षा) को नारा अन्तर्गत ४० वटा स्कूलमा कूल ५०० कक्षा कोठाको निर्माण गरेको छ। यसबाट १५ हजार भन्दा बढी बालबालिका लाभान्वित भएको बीएफआरटी–८ ले जनाएको छ। यो कार्यक्रमबाट प्राप्त बचत राशिबाट यस बीएफआरटी–८ ले स्कूल कक्षाहरुको निर्माण तथा स्तरोन्तरी गर्ने लक्ष्य लिएको बताएको छ।

कार्यक्रमलाई सफल तथा सघाउ तुल्याउने सबै प्रायोजक, सह–प्रायोजकहरु, ज्ञानदा एकेडमी, संचारकर्मीहरु, कार्यक्रम को मूल रुपरेखा तैयार गर्ने विशाखा अग्रवाल लगायत सबैलाई बीएफआरटी–८का अध्यक्ष धीरज अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ