arrow

रामोसलाई रातो कार्ड, रोनाल्डो असफल 

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
ramos2.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिश क्लब रियाल मड्रिड पराजित भएको छ । 

बुधबार रातिको खेलमा रियाल इंगलिश क्लब म्यान्चेष्टर सिटीसंग पराजित भएको हो ।

सिटीले रियाल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो । रियालको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।

खेलमा रियालले ६० औ मिनेटमा ईस्कोको गोलबाट अग्रता लिएको थियो । त्यसलाई जोगाउन सकेन ।

७८ औ मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुनेले पेनाल्टीमा गोल गर्दै सिटीलाई जिताए । 

८६ औ मिनेटमा रियालका कप्तान सर्जियो रामोस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । 

गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड खानु परेको थियो । 

योसँगै रामोस च्याम्पियन्स लिगमा धेरै रातो कार्ड पाउने खेलाडी बनेका छन् । उनले चार पटक रातो कार्ड पाएका छन् ।

रामोसले एजगर डेविडस र जलाटन इब्रहिमोविचसंग खराब रेकर्डको बराबरी गरेका हुन् । 

च्याम्पियन्स लिगको अर्को खेलमा फ्रेन्च क्बल लियोंले इटालियन क्लब युभेन्ट्सलाई हरायो ।

घरेलु मैदानमा युभेन्ट्सलाई १–० गोल अन्तरले हराएको हो । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन । क्रिष्टियानो रोनाल्डो समेत असफल रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ