arrow

दिल्ली हिंसामा इन्टिलिजेन्स ब्यूरो अफिसर मारिए

कम्तीमा २७ को मृत्यु, २५० भन्दा बढी घाइते, १०६ पक्राउ

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
delhi-agitation-ankit-sharm.jpg

काठमाडौं । भारतको राजधानी दिल्लीमा गत आइतबारदेखि भइरहेको हिंसामा परी इन्टिलिजेन्स ब्यूरो अफिसर मारिएका छन् । २६ वर्षीय आइबी अफिसर अंकित शर्मालाई उत्तरपूर्वी दिल्लीमा भीडले ढुंगाले किचेर मारेको हो । 

नागरिकता विधेयक आइसकेपछि त्यसको विरोध गर्दै मुस्लिम समुदाय उत्रिइरहँदा दिल्लीमा चरम रुप लिएको हो । 

दिल्लीमा सुरुआतमा हिन्दूमाथि समेत आक्रमण हुन थालेपछि पछिल्लो समय हिन्दूहरु पनि प्रतिकारमा उत्रिन थालेका छन् । 

अहिलेसम्म २७ जनाको ज्यान गएको छ । २ सय ५० भन्दा बढी घाइते भएका छन् । पहिलो दिनमै आन्दोलनकारीले प्रहरी अधिकृतलाई गोली हानेर मारेका थिए । 

मंगलबार आइबी अफिसर शर्मा कामबाट दिउँसो ४ः३० मा फर्कदै थिए । उनलाई छुरा प्रहार गरी नालीमा फालिएको अवस्थामा भेटिएको उनका भाइ अंकुरले बताएका छन् । 

जीटीबी अस्पतालमा २५ तथा जेपी अस्पतालमा २ जनाको मृत्यु भएको हो । 

शान्तिको अपिल 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाको तेस्रो दिन शान्ति बनाइराख्न आग्रह गरेका छन् । उनले भाइचारा राख्न पनि अपिल गरेका छन् । 

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शान्तिका लागि आग्रह गरेका छन् । 

उनले हिंसा प्रभावित क्षेत्रमा सेना तैनाथ गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन् । 

दिल्ली पुलिसका अनुसार १०६ जना हिंसा फैलाउने मानिसहरु पक्राउ परेका छन् । 

आपसमा भौतिक सम्पत्ति नष्ट गर्ने काम पनि भएको छ । घरहरु पनि जलाइएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ