arrow

भरतमोहन अधिकारीको स्मृतिमा कार्यक्रम आयोजना

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
bharat-mohan-adhikari.jpg

काठमाण्डौं। पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ बामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाण्डौंमा हुने भएको छ। अधिकारीको निधन भएको एक वर्ष पूरा भएकै दिन आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो। अधिकारीको ८२ वर्षको उमेरमा गत वर्ष १८ फागुनमा निधन भएको थियो।

भरत मोहन अधिकारी स्मृति फाउण्डेशनले गर्न लागेको कार्यक्रमको प्रमुख अतिथि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्। फाण्डेशनका अनुसार कार्यक्रममा प्रचण्डसहित नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, काँग्रेस नेता डा. शेखर कोइराला, राप्रपाका सह–अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी लगातयका नेताले अधिकारीका बारेमा धारणा राख्नेछन्। स्वर्गीय अधिकारी पुत्री लीमा अधिकारीले स्मृति कार्यक्रममा ‘हाम्रो नजरमा भरतमोहन’ नामक पुस्तकको विमोचनसमेत हुने जानकारी दिइन्।

२०५१ सालमा तत्कालीन एमालेको ९ महिने अल्मपतको सरकारमा अर्थमन्त्री छँदा अधिकारीले वृद्धवृद्धालाई माशिक एक सय रुपैयाँ भत्ता दिन सुरु गरेका थिए। सो रकम वृद्ध भएर हामल माशिक ३ हजार पुगेको छ। यस्तै सोही कार्यकालमा अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ नामको कार्यक्रमसहित स्थानी तहमा बजेट पठाउन सुरु गरेका थिए।

यी दुई लोकप्रिय कार्यक्रमका कारण अधिकारी नेपाली जनमासनमा लोकप्रिय छन्। अधिकारीले ल्याएका कार्यक्रमको जगमा राजनीतिक लोकप्रियता हासिल गरेको एमालेले जीवनको उत्तराद्र्धमा अधिकारीप्रति सम्मान गर्न नसकेको गुनासो व्याप्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ