arrow

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

logo
एपी,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
zte-huawei.gif

न्यूयोर्क। अमेरिकी माथिल्लो सदन (सिनेट) ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरु खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ। यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृित प्रदान गर्नु पर्नेछ।

संयुक्तराज्य अमेरिकाले चिनियाँ कम्पनीहरूलाई सुरक्षा जोखिमको रूपमा लिन्छ र आफ्ना सहयोगी मुलुकहरुलाई पछिल्लो पुस्ताको दूरसंचार नेटवर्कमा फाइभ–जी समेतका चिनियाँ उपकरण प्रयोग नगर्न दबाब दिइरहेको छ। दुबै कम्पनीले आफ्ना उत्पादन जासूसीका लागि प्रयोग गर्ने गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरिरहेका छन्।

सङ्घीय संचार आयोगले अमेरिकी दूरसंचार कम्पनीहरुलाई दुई चिनियाँ कम्पनीका उपकरणहरु प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ। आयोगको यस निर्णयले ज्यादातर साना, ग्रामीण कम्पनीहरूलाई असर गर्नेछ। अमेरिकाका प्रमुख नेटवर्क प्रदायकहरूले चिनियाँ उपकरण प्रयोग गर्दैनन्।

साना र ग्रामीण क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरूले आफ्नो नेटवर्क पुनर्निर्माण गर्न गाह्रो र महँगो हुने भन्दै लगातार गुनासो गर्दै आएका छन्। साना दूरसंचार प्रदायकहरुको छाता संगठनले हुवावे र जेडटीईका उपकरणहरू सस्तो मूल्यमा पाइने र करिब एक अर्ब डलरमा प्रतिस्थापन कार्य सम्पन्न हुने बताएका छन्। अमेरिकामा हुवावेका ४० वटा दूरसंचार प्रदायक कम्पनीहरु ग्राहक छन्। ग्रामीण वायरलेस एशोसिएसनले सिनेटले विधेयक पारित गरेकामा धन्यवाद दिएको छ।

विधेयकले करिब २ लाख ग्राहकहरु समावेश रहेका ग्रामीण दूरसंचार प्रदायकलाई समेट्ने छ। हुवावे र जेडटीईले उक्त विधेयकका बारेमा केही टिप्पणी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ