arrow

सिन्धुलीका ८८ अभियुक्त फरार

logo
राजन परियार,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
jail-.jpg.jpeg
सिन्धुली । विभिन्न अपराध गरी कानुनी दायरामा नआएका फरार अभियुक्तहरुको संख्या पछिल्लो चार वर्षमा ८८ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०६९ र ७० मा कानुनले २ सय १८ जनालाई दोषी ठहर गरेकोमा फरार १० जना, आर्थिक वर्ष २०७० र ७१ मा १८९ अभियुक्त मध्ये फरार १३ जना, आर्थिक वर्ष २०७१ र ७२ मा १९७ मध्ये फरार ३२ जना र चालु आर्थिक वर्षको चैत्र महिना सम्म १४५ अभियुक्त मध्ये ३३ जना फरार रहेका छन । फरार मध्ये ५ जना महिला  र ७९ जना पुरुष  रहेका छन् ।
 
तथ्याङ हेर्दा गत आर्थिक वर्ष र चालु अर्थिक वर्षमा सवैभन्दा बढी अभियुक्तहरु फरार रहेका छन । अपराधीक घटना न्यूनिकरणका लागि फरार अभियुक्त नियन्त्रणमा लिन अभियान नै चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी प्रहरी निरीक्षक निर्मल पनेरुले बताए । कर्तब्य ज्यान, बलात्कार, विष्फोटक पदार्थ, हातहतियार, ज्यान मार्ने उद्योग, डकैती लगायत फौजदारी अभियोग सम्बन्धि सम्पूर्ण अभियोग अन्र्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका र अदालत एवं जिल्ला प्रशासन कार्यालयमा पेश भएका फाईलका फरार अभियुक्तहरु नियन्त्रणमा लिन प्रहरी सधै सक्रिय रहेको प्रहरी निरीक्षक पनेरुको भनाई थियो ।  
 
‘विभिन्न मुद्धाका अभियुक्तहरुले विना कार्वाही उन्मुक्ति पाउँदा दण्डहिनता मौलाउँदै गएको महसुस गरेका छौं ।’ प्रहरी निरीक्षक पनेरुले भने, ‘जसले गर्दा अपराधिक क्रियाकलाप बढावा पुगेको छ, त्यसैले फरार रहेका सबै अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाउने गरी योजना निर्माण गरेका छौं ।’
 
त्यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पछिल्लो चार वर्षमा जघन्य अपराध सम्बन्धी १ सय चार र अन्य ६ सय ७८ मुद्धा दर्ता भएको  जनाइएको छ । दर्ता भएका मुद्धा मध्ये २ सय बीस मुद्धाहरु फछ्यौट हुन बाँकी रहेका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ