arrow

विकट महाभारतमा प्राविधिक र मगर भाषा शिक्षा शुरु

logo
रासस,
प्रकाशित २०७६ फागुन १७ शनिबार
kavre-distric.jpg

काभ्रेपलाञ्चोक। जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा कृषि प्राविधिक तथा मगर भाषा शिक्षा शुरु गरिएको छ। ‘एक पालिका एक प्राविधिक शिक्षालय’ कार्यक्रमअन्तर्गत बाली विज्ञानको प्राविधिक शिक्षा थालिएको हो। महाभारत पर्वत शृङ्खला (डाँडापारी) पारी अवस्थित महाभारत गाउँपालिका–१ धापस्थित भैरव माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षाको अध्यापन शुरु गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए। “विटक गाउँपालिका मानिएको महाभारतले भौतिक पूर्वाधार मात्र नभई शिक्षामा लगानीले समाज रुपान्तरित हुँदै जान्छ, जनशक्ति उत्पादनले स्थानीयलाई सहज हुन्छ”, उनले भने। उनका अनुसार प्राविधिक शिक्षालयको शुरुआती चरणा ४२ विद्यार्थी अध्ययनरत छन्।

महाभारतमा प्राविधिक शिक्षालय स्थापना भएपछि छिमेकी खानीखोला गाउँपालिका तथा सिन्धुलीको ध्याङ्लेक र मरिण गाउँपालिकाका विद्यार्थीलाई समेत सहज भएको बताइएको छ । शिक्षालयको यसै साता अध्यक्ष जिम्वाले शुभारम्भ गरे।

यसैगरी, महाभारत गाउँपालिकामा स्थानीय मगर सङ्घको सहकार्यमा मगर भाषा शिक्षा पठनपाठन शुरु गरिएको छ। सात वडामा बिहान र बेलुका दुई घण्टा कक्षा सञ्चालन हुनेगरी एकैसाथ मगर भाषा क्षिक्षा शुरु गरिएको सङ्घका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए “मगर समुदायको भाषा, संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले भाषा शिक्षा शुरु गर्‍यौँ”, उनले भने।

वडाको पायक पर्ने स्थानमा मासिक २६ दिन कक्षा सञ्चालन गर्न तीन शिक्षकका लागि गाउँपालिकाले सहयोग गरेको छ। अन्य भाषा प्रवद्र्धन गर्न शिक्षा प्रदानका लागि सहयोग गर्दै जाने गाउँपालिका अध्यक्ष जिम्वाले जानकारी दिए। पछिल्लो जनगणनाअनुसार गाउँपालिकामा कूल जनसङ्ख्याको २१ दशमलव २२ प्रतिशत मगर समुदायका बासिन्दा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ