arrow

शैक्षिक सुधारमा घोषणापत्र जारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ वैशाख २५ बुधबार
syanja-SLC-FNL.jpg.jpeg
स्याङ्जा । स्याङ्जाको उत्तर तर्फ पर्ने आरुचौर गाविसमा रहेको सर्वोदय उच्च माविले शैक्षिक सत्रको शुरुवात सगै शैक्षिक सुधारका लागि ३० बुँदे घोषणा पत्र जारी गरेको छ । सर्वोदय उच्च माविले शैक्षिक सुधारका लागि भन्दै विभिन्न योजना सहित ३० बुँदे घोषणापत्र जारी गरेको हो । ग्रामिण क्षेत्रमा रहेर शैक्षिक गातिविधिमा महत्वपूर्ण भुमिका खेल्दै आएको उच्च माविले शैक्षिकसत्र २०७३ को शुरुवात सगै विद्यार्थीलाई फुलमाला र अविरले स्वागत समेत गरेको विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद सापकोटाले बताए । 
 
यो बर्षदेखि नयाँ शुरुवात गरेका छौं विद्यालयका प्राचार्य सापकोटाले भने,“विद्यार्थीहरुमा नयाँ पन ल्याउनका लागि यो बर्ष देखि टाई वेल्ड सहित विद्यालयले क्यालेण्डर समेत प्रकाशन गरेको छ ।” समयमै पाठ्यपुस्तक विद्यार्थीले पाउन नसकेका बेला सर्वोदयले भने समयमै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको प्राचार्य सापकोटाले थपे । 
 
कक्षा व्यवस्थापन समिति गठन गर्ने, शिक्षकहरुले आपसी सहपाठीको अनुगमन गर्ने, शिक्षकहरुको विषयगत विभागीय संरचना निमार्ण गर्ने लगायतका ३० बुँदे घोषणापत्र जारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद खनालले जानकारी दिए । यो घोषणापत्र लागु भएपछि विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुने अपेक्षा अध्यक्ष खनालले राखेका छन् । विद्यार्थी, अभिभावक र शिक्षकहरु विच सुमधुर सम्वन्ध बनाउन यो घोषणापत्रले महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष खनालको भनाई छ । 
 
शैक्षिक सुधारका लागि यो अभियानलाई अगाडी सारेको विद्यालयले जनाएको छ । जिल्लामै शैक्षिक सुधारका लागि यो अभियान संचालन भएको विद्यालय पहिलो भएको बताईएको छ । सम्पूर्ण अभिभावकको भेलाले ३० बुँदे घोषणापत्र जारी गरेको विद्यालयका सहायक प्राचार्य इश्वरीप्रसाद चापागाँइले बताए । ३० बुँदामा उल्लेख गरिएका विषयलाई अक्षरस पालना गर्न सकिएमा विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुने अनुमान गरिएको छ । हाल सो विद्यालयमा ५ सय ६२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ