arrow

काठमाडौंमा शिक्षा सम्बन्धी एसिया प्यासिफिक स्तरिय भेला 

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
88025130_1975818059228478_7.jpg

काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया प्यासिफिक शैक्षिक संजाल (एएसपीबीएपी)  र नेपाल दिगो विकास फोरमको सहकार्यमा दिगो विकास लक्ष्य ४ को राष्ट्रिय कार्ययोजना माथीको स्वस्तस्फुर्त राष्ट्रीय समिक्षा सम्बन्धी खुल्ला छलफल  कार्यक्रम काठमाडौं मा सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा  गुणस्तरिय सार्बजनिक शिक्षा प्रणालीका पक्षमा क्रीयाशिल एसिया प्यासिफिक  क्षेत्रका १५ राष्ट्रका ५० जना अभियानकर्मीहरुको सहभागितमा रहेको थियो । 

नेपालबाट राष्ट्रिय योजना आयोगकी सदस्य नेपालबाट  डा उषा झा मानवअधिकारकर्मी गौरी प्रधान, विभागका निर्देशक डा तुलसी थपलिया, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आफ्नो  विचार राखेका  थिए ।

एएसपीबीएपका अध्यक्ष नानी, महासचिव मारीया खान, जिपिइ प्रतिनिधी हेलेनले  शिक्षाको विश्वब्यापी एवम् क्षेत्रीय अवस्था र चुनौती एवम नेपाल जस्ता राष्ट्र्ले अबलम्बन गर्नुपर्ने  रणनितीबारे प्रस्तुति गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ