arrow

समाज रुपान्तरणको संवाहक शिक्षक, सकियो जिल्ला प्रतिनिधिसभा 

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ फागुन १८ आइतबार
88160148_1230705473985874_3.jpg

तम्घास । नेपाल शिक्षक संघ गुल्मीले १६ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा उक्त सभा सम्पन्न गरेको हो ।

 ‘‘सम्पूर्ण नविकृत सदस्यको अनिवार्यता, स्थानीय प्रतिनिधि सभाको वैधता’’ भन्ने नाराका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले समाज रुपान्तरणको संवाहक शिक्षक भएको बताए । 

नेपालमा गुणस्तरीय शिक्षाको विकल्प नरहेको बताउँदै उनले आफ्नो पेशाप्रति शिक्षक सधै दत्तचित्त भएर लाग्न आग्रह गरे । निरङ्कुश शासन व्यवस्थाको बेलामा पनि प्रजातन्त्र प्राप्तिका लागि शिक्षकहरुले पुर्याएको योगदान अतुलनिय रहेको बताए । सभापति श्रेष्ठले वर्तमान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सरकार दलाल, पुजीँपति, माफियाहरुको मतियार भएको आरोप लगाए । 

साथै उनले एक प्रसँगमा पार्टीलाई सहि ढङ्गले अगाडि लैजान आफुले देखिने गरि काम गर्न नसकेको बताए । नेतृत्व पंक्तिको एकल प्रयासले पार्टी सुदृढ हुन नसक्ने उल्लेख गर्दै अन्तरघातकै कारण पार्टीले पराजय भोग्नु परेको घाम जस्तै छर्लङ्ग भएको दाबी गरे । 

नेपाल शिक्षक संघ संघिय उपमहासचिव धनकला भण्डारी, नेपाली कांग्रेस उप(सभापति बिष्णुप्रसाद बलालले सम्बोधन गर्दै शिक्षकहरुको योगदानलाई राज्यले सहि मुल्याङकन् गर्न नसकेको बताए । नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले सरकार एक पछि अर्को गर्दै विभिन्न काण्डै काण्डमा चुर्लुम्म डुबेको बताउँदै कांग्रेसले पराजय भोग्नु परे पनि शिर झुकाउन नपरेको उल्लेख गरे । उनले समाज रुपान्तरण लोकतन्त्रका हिमायति शिक्षकहरुले लोकतान्त्रिकको खातिर विभिन्न कालखण्डहरुमा बलिदान दिएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सचिव विष्णु कुमारी सापकोटा, नेपाली कंग्रेसका केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य छन्द पहराई, नेपाल तरुण दल अध्यक्ष भरत भलामी, वडाअध्यक्ष थम्मन बहादुर केसी, बम बहादुर राना, हिरासिङ सराङकोटी लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा नेपाल शिक्ष संघ गुल्मीका अर्थ सचिव खिम बहादुर थापाले रु।५ लाख ५२ हजार २ सय १६ रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मृगेन्द्र रिजालको स्वागत मन्तव्य तथा सचिव खिम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ