arrow

लगातार दोस्रो हारपछि नेपालको प्रतियोगिताबाट बाहिरिने संभावना बढ्यो

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
sandeep-lamichhane-cricket.jpg

काठमाडौं। मध्यक्रममा ब्यटिङ नचल्दा नेपाल हङकङसँग पराजित भएको छ। ४३ रनले पराजय भोगेको नेपालले १ सय ५५ रनको लक्ष्य पच्छ्याउने क्रममा पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गरेको थियो।

नेपाल १८.१ ओभरमा सबै वेकट गामउँदै १ सय ११ नमा समेटिएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ रन बनाए भने अर्का सुरुवाती ब्याट्सम्यान कुशल मल्लले १९ रनको योगदान दिएका थिए। त्यसैगरि पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन मात्र बनाएका थिए ।

एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो। लगातार दोस्रो हार पछि नेपाल छनोट चरणबाट बाहिरिने संभावना बढेको छ। अंक गणितिय हिसाबमा नेपाल अझै प्रतियोगितामा जिवित रहेको छ। अरु टोलीको खेलहरु आफु अनुकुल पनि हुनुपर्नेछ

हङकङका अफ्ताब हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका थिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हारुन मोहम्मद अशरदले ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाएका थिए । कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २/२ तथा कुशल मल्लले एक विकेट लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ