arrow

इक्वेडरमा ५२५ मृत्यु ५ हजार भन्दा बढी घाइते

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
NWS0418Ecuador-Earthquake4.jpg.jpeg
क्विेटा । इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२५ पुगेको छ । साथै यस भूकम्पबाट अन्य ५ हजार ७३३ जना घाइते भएका छन् । यस भूकम्पमा अझै पनि १६३ जना वेपत्ता रहेका पनि ती अधिकारीहरले जानकारी दिएका छन् । 
 
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ५२५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ हजार ७३३ जना घाइते भएका सरकारी अधिकारीहरुले बिहीबार पुष्टि गरेका छन् । भूकम्प प्रभावित क्षेत्रहरुको भवन भग्नावशेषबाट केही व्यक्तिलाई जीवितै उद्धार गरिएको र अझै थप व्यक्तिहरुलाई जीवितै उद्धार गर्ने कोशिस भइरहेको राष्ट्रपति राफेल कोरियाले बताउनुभएको छ । 
 
राजधानी क्विटोबाट १६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो । इक्वेटर तटीय क्षेत्रमा बुधबार पुनः ६.१ रिक्टर स्केलको भूकम्प गएको थियो 
। एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ