arrow

बिलाल खान,जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दानाले इपिएल खेल्ने पक्का

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
EPL-FNL-new-aa.jpeg

काठमाडौं । आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ ।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्।

दसानायके इपिएलमा भैरहवाको मुख्य प्रशिक्षक हुन् । उनी आजै नेपाल आइपुगेका हुन्। ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलङ्काका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट इपिएल खेल्ने पक्का भएको उनले बताए ।

त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेको थियो ।

इपिएल आगामी चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । भैरहवा ग्ल्याडिएटर्सले चैत्र २ गते काठमाडौँ किंग्स११ सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशङ््कर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन् । त्यसैगरी विदेशी खेलाडीमा बिलाल खान, ड्वेन स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना रहेका छन् ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ