arrow

रियाल मड्रिडले बार्सिलोनालाई हराएर लाग्यो अगाडि

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
Untitled-18.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियाल मड्रिडले बाजी मारेको छ । रियालले बार्सिलोनालाई हराएको हो ।

आईतबार राति रियालले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई २–० गोल अन्तरले हराएको हो ।

रियालको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । यो खेलमा हार बेहोर्दा भने लियोनल मेस्सीलाई निकै आहत बनाएको छ । उनी आफूमाथि नै आक्रोशित भएका छन् । 

एल क्लासिकोको जितले प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियालले मात्र एक अंक बटुलेको थियो । 

अन्य खेलको नतिजा 
सेभिया ३–२ ओसासुना 
एथलेटिक बिलबाओ १–० भिल्लारियल
स्पानियोल १–१ एथलेटिको मड्रिड
मयोर्का ०–१ गेटाफे 

अंक तालिका
रियाल २६ खेलबाट ५६ अंक सहित तालिकाको शीर्ष स्थानमा पुगेको छ  । बार्सिलोना २६ खेलबाटै ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा झरेको छ । 

सेभिया ४६ अंकसहित तेस्रो स्थानमा छ । गेटाफे ४५ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ