arrow

६९ सांसद पुग्नुपर्नेमा ६५ मात्र, फेरी सदन स्थगित

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
sapkota1.JPG

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको संसद् बैठक पुन: स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५  को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् ।  

प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेन।

आइतबारको प्रतिनिधिसभा बैठक पनि सङ्ख्या नपुगेपछि स्थगित भएको थियो ।  तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ५४ मात्रै उपस्थित थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ