arrow

केएल टावरमा मोबाईल बैंकिङ मेला सम्पन्न, आगामी मेला सिभिल मलमा मार्च ८ मा हुने

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
fone-pay.jpg

काठमाडौं। डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले आइप्लेक्स् मलमा सफलता पूर्वक मोबाईल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित् केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ। नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे ले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्नेछ।

‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक  भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँच जस्ता थुप्रै सेवा लिन सकिनेछ। मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ। स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा  सरल रूपमा लिन सकिन्छ।

मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन्। मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रवीन्दु बनेको छ। सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइइल टपअप जस्ता उपहार जित्न सकिनेछ। मेलामा सहभागी सबै जनामध्येबाट एक जनाले बम्पर उपहारका रूपमा  ५० हजार रूपैयाँ जित्न सकिनेछ। बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ।

यसबाहेक यो योजनामा सहभागीहरू फोन पेको अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ। कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाईल बैंकिङ एप मार्फत क्युआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ।

उपहार विजेता दैनिक,साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ। दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन्। यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन्। यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन्।

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीता जनाइ ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका  साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गर्नुभयो । अर्को मोबाईल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ।

मेबाईल बैंकिङ मेला सुरू, ५० हजार रूपैयाँका साथै दुबई ट्रिप जित्न सकिने
एफवान सफ्ट गु्रपको सहायक कम्पनी नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोनपे’ले मानिसहरूलाई डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले मोबाईल बैंकिङ मेलाको आयोजना गरेको छ। मोबाईल बैंकिङ बैंकहरूले प्रदान गरेको सेवा हो,जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक खातामा कारोबार तथा लेनदेन गर्न सकिन्छ। मोबाईल बैंकिङ प्रयोग गर्नका लागी ग्राहकले आफ्नो मोबाईल बैंकिङ एप्लिकेशन डाउनलोड गरि एक्टिभेट गर्नुपर्नेछ।

मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ। स्क्यान टु पे सुविधाले बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सुविधाजनक र सरल रूपमा लिन सकिन्छ।

मोबाईल बैंकिङ एक्टिभेसन अभियानको मोबाईल बैकिङ मेला फेब्रुअरी २२ देखि सुरू भएको हो। यस मेलाको मूख्य आकर्षण भनेको ‘स्पिन द वील ’ हो। जहाँ (वील)पांग्रा घुमाएर ५० हजार रूपैयाँसम्म जित्न सकिनेछ । यसबाहेक मोबाईल एक्टिभेसन अभियान गर्नासाथ  अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । जहाँ ग्राहक र मर्चेन्ट दुबई भ्रमण योजनामा सहभागी हुन सक्नेछन्।

कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता मोबाईल बैंकिङ प्रयोग गरि स्क्यान टु पे सुविधामार्फत भुक्तान गरेर यस योजनामा सहभागी हुन सकिनेछ। यो योजनामा ग्राहक र मर्चेन्ट दुबैजना सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २ सम्म सञ्चालन हुनेछ।

विजेता दैनिक,साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ। दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन्। यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन्। यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन्। दुबई ट्रिपका विजेताले थप तीन जनालाई पनि दुबई भ्रमणमा लैजान पाउनेछन्।

नेपाली क्रिकेट खेलाडीका पूर्व कप्तान पारस खड्काले साप्ताहिक मोबाईल बिजेता र पहिलो महिनाको दुबई ट्रिप विजेतालाई पुरस्कार हस्तान्तरण गरे। मोबाईल बैंकिङ मेला आइप्लेक्स मलबाट सुरू भएको छ। साथै यो मेला हरेक सनिबार अन्य मलहरूमा समेत सञ्चालन हुनेछ। आगामी मेला चावहलिमा रहेको केएल टावरमा फेब्रुअरी २९ मा आयोजना हुनेछ।

फोन पेमा  ५० भन्दा बैंक तथा वित्तिय संस्था सदस्य रहेका छन्। जहाँबाट ८० लाख मोबाईल बैंकिङ सदस्यहरूले सरल, सुलभ र सुरक्षित तवरले डिजिटल रूपमा वित्तीय कारोबार गर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ