arrow

आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनल पुग्ने पहिलो टिम

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
arsenal21.jpg

काठमाडौं । इंगलिश प्रिमियर क्लब आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २–० गोल अन्तरले हराउँदै आर्सनल अन्तिम आठमा पुगेको हो । 

पोर्ट्समाउथको मैदानमा भएको खेलमा आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले एक–एक गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा पापास्थाथोपाउलसले रेइस नेल्सनको पासलाई उत्कृष्ट भली प्रहार गर्दै र ५१औँ मिनेटमा एनकेतियाले गोल गर्दै जिताएका हुन् । 

आर्सनलले ६ जना २० वर्षभन्दा मुनिका खेलाडी उतारेको थियो । आर्सनल एफ ए कपको क्वार्टरफाइनल पुग्ने पहिलो टिम बनेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ