arrow

यी हुन् गोलाप्रथामा अभागी सावित हुँदै घर फर्किने माननीयहरु 

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
sanghiya-samsad.png

काठमाडौं । राष्ट्रिय सभाका एक तिहाई सदस्यको कार्यकाल मंगलबार सकिँदैछ।  गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरु सोमबार अन्तिम पटक राष्ट्रिय सभाको बैठकमा सहभागी हुँदैछन्। 

उनीहरुले सामुहिक रुपले दिउँसो २ बजे अघि फोटो खिचाउने कार्यक्रम रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । त्यसपछि उनीहरु संसदमा सहभागी भएर आफ्ना भनाइहरु राख्नेछन् । 

कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिने छन्। 

कसको सकियो कार्यकाल ? 
महिलातर्फ– सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली । 

प्रदेशतर्फ –प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बाँस्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सूदुरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डे । 

दलिततर्फ– खेमराज नेपाली र रामपृत पासवान ।

अपांगतातर्फ–राजकुमार कुँवर र बृषेशचन्द्र लाल । 

राष्ट्रपतिबाट मनोनित– डा युवराज खतिवडा (वर्तमान अर्थमन्त्री) ।

के गर्लान् खतिवडा ? 
डा खतिवडा दोहोरिने संकेतले गर्दा सोमबारको सेयर बजार तहस नहस नै भयो । तिनै खतिवडाको स्थान नेकपा उपाध्यक्ष वामदेव गौतमले लिने भनेपछि सेयरबजार ह्वात्तै बढेको थियो । 

यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

तर त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस गर्ने भनेपछि नेकपामा विवाद भएको छ। 

सरकारले कसलाई सिफारिस गर्‍यो भन्ने अझै खुलेको छैन ।

खतिवडाले भने आफू नै अर्थमन्त्री हुने बताएका थिए । ओली अस्पतालको बेडमा छन् । आइतबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय पूरै बाहिर आएका छैनन् । 

बुधबार बिहान ११ बजे नयाँ सदस्यहरुको सपथ हुनेछ। बुधबार सपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन्। त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ