arrow

खाडी मुलुकहरुसँग सहयोग माग्दै ओबामा

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
obama-in-saudi.jpg.jpeg
रियाद (साउदी अरब)। अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबमा खाडी मुलुक राष्ट्र प्रमुखलगायतका नेतालाई बिहीबार भेटेका छन् । अमेरिका र खाडी मुलुक तेलको मूल्यमा भएको गिरावटलाई उकास्न सँगसँगै काम गर्ने र तेलको मूल्यमा आएको गिरावटबाट परेका असरलाई विस्तारै कम गर्दै जाने अमेरिकी राष्ट्रपति ओबामाले रियादमा खाडी मुलुकका नेतासँगको भेटमा बताए । 
 
अमेरिका र खाडी राष्ट्रहरुले छिट्टै आर्थिक विषयमा उच्चस्तरीय वार्ता गर्ने र यसले तेलको मूल्यमा देखिएको कमीलाई समायोजन गरी अमेरिकाको खाडी मुलुकसँगको ऐतिहासिक सम्बन्धलाई थप बलियो पार्ने कार्य गर्नेछन्, ओबामाले बताए । खाडी मुलुकको विकासका लागि अमेरिका सधैँ सहयोगी रहनेसमेत राष्ट्रपति ओबामाको जोड थियो । 
 
भेटका क्रममा उनले इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा साउदी अरबलगायत अन्य खाडी मुलुकले पुर्‍याउँदै आएको सहयोगमा थप गरी आईएसविरुद्धको अभियानलाई मद्दत गर्न आग्रह गरेको  अमेरिकी राष्ट्रपति ओबामाका निकट सहयोगी वेन रोडेजले बताए । 
 
इरानलाई परमाणु गतिविधि नियन्त्रण गर्ने प्रयास स्वरुप लगाइएको नाकाबन्दीलाई इरान र विश्व शक्ति राष्ट्रबीच भएको परमाणु सम्झौतापछि रुष्ट देखिएका खाडी राष्ट्रका नेताहरुसँगको भेटमा राष्ट्रपति ओबामाले आतङ्कवादविरोधी अभियानमा पुराना सहयोगी साउदी अरबलगायतका खाडी मुलुकको सहयोगको प्रशंसा गरेका  थिए । 
 
राष्ट्रपति ओबामा र साउदी राजा सलमानबीच भएको करिब दुई घण्टा लामो वार्तालाप खुला भएको ओबामाका सहयोगी रोडेसले बताए । अमेरिकी राष्ट्रपतिले विशेष विषयलाई खासै नउठाए पनि ब्लगरहरुलाई दिइएको सजाय बारेमा भने चर्चा गरेको रोडेसले बताए । 
 
सन् २०१२ मा साउदी ब्लगर राइफ बादाबीको पक्राउ र उनलाई एक हजार कोर्रा र १० वर्षको जेल सजायले विश्वव्यापीरुपमा चर्चा पाएको बताउँदै यसबारे चासो व्यक्त गरे । यसैबीच साउदी अरबका राजकुमार तथा पूर्व गुप्तचर प्रमुख टर्की अल फैसलले सीएएनएनलाई भने, अमेरिकी राष्ट्रपति ओबामाको व्यवहार र वचनबद्धतापछि साउदी अरबले अमेरिकामा पहिलोभन्दा व्यापक परिवर्तन आएको बताए । 
 
खाडी मुलुक सधैँ अमेरिकामाथि आश्रित नरहने र अमेरिकी नेताहरुले जे भन्यो यसलाई सिधा बुझ्न अब सम्भव नहुने भन्दै दुई देशको सम्बन्ध दुवै देशको फाइदाका लागि हुनुपर्नेमा अल फैसलले जोड दिए । ओबामासँगै रियादमा पुगेका अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले बुधबारले आफ्ना खाडी मुलुकका समकक्षीसँग आतङ्कवादविरद्धको लडाइँमा अहिलेको भन्दा थप सहयोग पुर्‍ यउन आग्रह गरेका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ