arrow

सरकार कम्युनिष्ट राज्य बनाउन उद्घत : सभापति देउवा

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
trade-union-deuba.jpg

काठमाडौ। नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सरकार कम्युनिष्ट राज्यसत्ता निर्माण गर्न उद्घत रहेको बताए। नेपाल ट्रेड युनियन कांग्रेसको ७४ औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उनले सो कुरा बताएका हुन्।

उनले आफनै पार्टीका नेताहरुले समेत प्रतिपक्ष कमजोर भएको भन्ने अभिव्यक्तिप्रती व्यङ्ग्य गर्नु हुदै सरकारको विरोध गर्ने निहुँमा कुर्सी र रेलिङ भाच्ने काम नगर्ने बताए। उनले आफ्नो पार्टी हार हुने थाहा हुँदा हुँदै पनि दिगो शान्ति र लोकतन्त्रकोलागी निर्वाचन गराएको बताउदै लोकतन्त्रको रक्षाको लागी कांग्रेस सक्षम रहेको बताए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाई मतको दुरुपयोग गर्दै स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको टिप्पणी गरे। उनले लोकतन्त्र नै खतरामा पर्ने अवस्था सिर्जना भैसक्दा पनि प्रतिपक्ष सशक्त बन्न नसकेको बताए।

पार्टी नेता कृष्णप्रसाद सिटौलाले सबैले मिलेर ल्याएको लोकतन्त्रलाई नेकपाकै खतरा रहेको बताउदै सरकारले श्रमिक अधिकार कुण्ठित गर्नेदेखी  राज्यका अंगहरुलाई नेकपाको शाखा जस्तो ठानेको आरोप लगाए। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार श्रमिकको अधिकार बन्देज लगाउन उद्घत रहेकोले कांग्रेस सजग हुनु पर्ने बताए।

जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले जुनसुकै दल सत्तामा पुगे पनि श्रमिकको काम नगरेको गुनासो गरे। सार्कटुकका महासचिव लक्षण बहादुर बस्नेतले सरकारले श्रमिकको जिवन स्तर उठाउने नीति कार्यक्रम ल्याउनु पर्ने बताए।

ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा योजनाले समेट्नु पर्ने बताए। उपाध्यक्षहरु तेजेन्द्र कार्की, अजय राई, आबद्ध संघका अध्यक्षहरु पदमराज रेग्मी, भगवती खड्का र सविरमान विकले वर्तमान सरकार श्रमिक विरोधि कार्यमा उद्घत रहेको आरोप लगाए।

नेपाली कांग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा विसं २००३ साल फागुनमा  विराटनगर क्षेत्रको मिल्स मजदुरहरुको अधिकारकालागी आन्दोलन भएको दिनलाई  ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आइरहेको छ भने संस्थापक अध्यक्ष गिरिजा प्रसाद कोईराला हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ