arrow

इक्वेडर भूकम्पमा २७ विदेशी नागरिकको मृत्यु

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
earthquakeequador.jpg.jpeg
क्विटो । इक्वेडरको तटिय क्षेत्रमा गत हप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिहरुमा २७ विदेशी नागरिकसमेत रहेका छन् । सो भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २७ जना विदेशी नागरिकसहित ५८७ पुगेको इक्वेडर सरकारले बिहीबार जानकारी दिएको छ । सरकारद्वारा जारी पछिल्लो प्रतिवेदनअनुसार भूकम्पमा परी मृत्यु हुने व्यक्तिहरुमध्ये ५३९ जना भने परिचय खुलेको र परिवारजनले ती व्यक्तिहरुको शव बुझेका बताइएको छ 
 
तर ४८ शवको भने परिचय खुल्नको लागी अनुसन्धान जारी रहेको बताइएको छ । परिचय खुलेका शवहरुमा २७ जना विदेशी नागरिक रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ती २७ विदेशी नागरिकहरुमा १० कोलोम्बियाली, छ क्युबाली, दुई क्यानाडाली, दुई डोमिनीकन गणतन्त्रका, दुई बेलायती, इटाली जर्मनी, फ्रान्स र आयरल्यान्डका एक÷एक जना रहेका छन् । 
 
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ५८७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच हजार ७३३ जना घाइते भएका सरकारी अधिकारीहरुले बिहीबार पुष्टि गरेका छन् । त्यसैगरी अझै पनि १६३ जना सो भूकम्पमा बेपत्ता रहेका बताइएको छ । भूकम्प प्रभावित क्षेत्रहरुको भवन भग्नावशेषबाट केही व्यक्तिलाई जीवितै उद्धार गरिएको र अझै थप व्यक्तिहरुलाई जीवितै उद्धार गर्ने कोशिस भइरहेको राष्ट्रपति राफेल कोरियाले बताउनुभएको छ । 
 
राजधानी क्विटोबाट १६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो । इक्वेटरमा त्यसपछि पनि पटकपटक शक्तिशाली भूकम्प गइरहेको बताइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ