arrow

झाडापखालाका कारण १४ को मृत्यु

logo
सिन्ह्वा
प्रकाशित २०७६ फागुन २२ बिहिबार

मोगादिशु। झाडापखालाका कारण सोमालियामा १४ जनाको मृत्यु भएको छ। एक जना क्षेत्रीय अधिकारीले बिहीबार दिएको जानकारी अनुसार उनीहरूको एक हप्ताको अन्तरालमा मृत्यु भएको हो। फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ।

सोमालियाका धेरै सशहरहरू यस प्रकोपबाट प्रभावित भएको हिरशावेल राज्यका स्वास्थ्यमन्त्री अब्दी मुस्लिम महमदले पत्रकारहरूलाई बताए। “झाडापखालाको प्रकोप सबैभन्दा पहिले सोमालियाको मध्यभागमा पर्ने हिरान क्षेत्रको बेलेद नगरमा देखिएको हो,” उनले भने।

स्वास्थ्यमन्त्री महमदका अनुसार त्यसपछि मध्य सावेल क्षेत्रको जोभार नगरमा देखिएको र उनीहरूको मृत्यु भएको हो। सोमालियामा ठूलो बाढी आएपछि लगत्तै यो झाडापखालाको प्रकोप देखिएको अधिकारीहरूले बताएका छन्। यहाँका केही गाउँमा झाडापखालाको प्रकोप नै देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ