arrow

कोरोना भाइरसः मृतक ३३४९, संक्रमित ९८०४१ घर फर्कने ५३८२७

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
corona-patient.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोगबाट मृत्यु हुनेको संख्या ३ हजार ३४९ पुगेको छ । चीनको हुवेइमा मात्रै मृतकको संख्या २ हजार ९०२ रहेको छ ।

चीनको हेनान प्रान्तमा २२ को ज्यान गएको छ । चीनकै हेलोङजिआङ प्रान्तमा १३ जनाको ज्यान गएको छ । चीनको बेइजिङमा ८ जनाको ज्यान गएको छ ।

ग्वाङडोङ प्रान्तमा ७ जनाको ज्यान गएको छ । एन्हुइमा ६ जनाको ज्यान गएको छ । त्यस्तै चोङक्विङमा ६ जनाको ज्यान गएको छ । 

त्यस्तै इटलीमा १४८, इरानमा १०७, दक्षिण कोरियामा ३५, अमेरिकामा १०, फ्रान्समा ७, जापानमा ६ जनाको ज्यान गएको छ । 

९८ हजार ४१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी चीनमा ८० हजार ४२६ रहेका छन् ।

दक्षिण कोरियामा ६ हजार ८८, इटालीमा ३ हजार ८५८, इरानमा ३ हजार ५१३ रहेका छन् । 

कति फर्के घर ? 
जोन हप्किन्स इएसएसईका अनुसार अहिलेसम्म ५३ हजार ८२७ संक्रमितलाई पूर्ण रुपले निको भइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ