arrow

६ फिट १० इन्चको रोबोटले बास्केटबल खेल्यो, ३३ पोइन्ट लियो 

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
robot-basketball.jpg

काठमाडौं । जापानमा मानव निर्मित रोबोटले बास्केटबल खेलेर ३३ प्वाइन्ट हासिल गरेको छ । उसले हरेक अंक ३ का दरले हासिल गरेको हो । 

जापानी कार निर्माता कम्पनी टोयटाको ६ फिट १० इन्च अग्लो ह्यमनाइज्ड रोबोटले अलस्टार गेटमा उक्त सफलता हासिल गरेको हो । 

रोबोट क्यू ४ लाई अल स्टार्सको जर्सीमा कोर्टमा ल्याइएको थियो । खेलका क्रममा रोबोटले बललाई उठाउने, कोर्टमा दौडने र चार अलग अलग एंगलबाट बल थ्रो गरेर देखाएको थियो । 

९० केजीको रोबोटको नाम क्यू ४ हो । यो क्यू ३ को अपडेट भर्जन हो । सन् २०१९ मा क्यू ३ ले लगातार २०२० बास्केटबल शुटिङ गरेर गिनीज वर्ल्ड रेकर्डमा आफ्नो नाम रेकर्ड गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ