arrow

कोरोना भाइरसः चीनमा शान्त हुँदै, बाहिर आक्रामक

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
corona111.jpg

काठमाडौं । कोरोना भाइरस सुरु भएको चीनमा पछिल्लो समय सुधारिँदै जाँदा बाहिर भने आक्रामक रुपले फैलिइरहेको छ ।

जनवरीको आखिर र फेब्रुअरीको शुरुआतमा चीनमा कोरानाको संक्रमण चरम रहे पनि फेब्रअरीको अन्तिम सातादेखि भने चीन बाहेकका देशमा आक्रामक रुपले कोरोना फैलिएको छ । 

फेब्रुअरी ४ मा चीनमा ३,८८७ जनामा कोरोनाको संक्रमण देखिएकोमा बाँकी देशमा २२१ जनामात्र संक्रमित देखिएका थिए । त्यो १८ गुणाको फरक थियो । 

तर एक महिनापछि भने त्यो ठ्याक्कै उल्टो भएको छ । ४ मार्चमा चीनमा १२० नयाँ संक्रमित थपिएकामा बाहिर २१०३ जना नयाँ बिरामी देखिए । 

यो पनि १८ गुणाको फरक हो । 

शुक्रबार बिहान ११ बजेसम्म मृतकको संख्या ३३८३ जना रहेका छन् । ९८ हजार ३८२ जना संक्रमित देखिएका छन् । 

५५ हजार ४१८ जना भने निको भएर अस्पतालबाट घर फर्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ