arrow

कोरोना भाइरसः चीनमा दुई किसिमका कोरोना भाइरस

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
corona11.jpg

काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले चीनमा दुई किसिमका कोरोना भाइरस भएको पत्ता लगाएका छन् ।  

हालै वैज्ञानिकहरुले गरेको शोध अनुसार उनीहरुले १४९ ठाउँबाट कोरोना भाइरसका १०३ वटा जिनोमको विश्लेषण गरेका थिए । 

उक्त विश्लेषणपछि निस्कर्ष निस्कियो कि कोरोना भाइरस एल र एस टाइपका छन् । 

एस टाइपका कारण विश्वभर फैलने क्रम तीव्र भइरहेको छ । 

एस टाइपको कोेरोना एल टाइपको कोरोनाबाटै पैदा भएको हो । 

वुहानमा ७ जनवरीभन्दा अगाडि एल टाइपको भाइरसमात्र रहेको थियो । 

त्यसपछि एस टाइपको भाइरस आयो । जसका कारण कोरोना विश्वभर फैलिइरहेको छ । 

शुक्रबार मध्यान्हसम्म कोरोनाका कारण मृतकको संख्या ३,३८३ जना रहेका छन् । ९८ हजार ३८२ जना संक्रमित देखिएका छन् । 

५५ हजार ४२२ जना भने निको भएर अस्पतालबाट घर फर्केका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ