arrow

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
binod-chaudhary-GBS-modi-2020.jpg

एजेन्सी। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले टाईम्स अफ इन्डियाद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’लाई सम्बोधन गर्ने भएका छन् । विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिवार नयाँ दिल्लीमा आयोजना हुनेछ ।

समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ । टाइम्स अफ इण्डियाका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम छ । रक्षा मन्त्री राजनाथ सिंह, वित्त मन्त्री निर्मला सितारमण, विदेश मन्त्री एस जयशंकर, बाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाईल मन्त्री स्मृती इरानी, नागरिक उड्ययन मन्त्री हरदीप पुरी र उर्जा मन्त्री आरके सिंहले समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

टाईम्स अफ इन्डियाले आज प्रकाशित गरेको समाचार अनुसार विश्वविख्यात कम्पनीका प्रमुख कार्यकारीहरू एवं विश्वमा विजनेश, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरू ग्लोबल विजनेश समिटका विशेष आकर्षणका रूपमा रहनेछन् ।

समिटमा ‘न्यू किङ अफ वाल स्ट्रिट’का रूपमा परिचित स्टेफेन स्क्वार्जम्यानले दिगो विकास कसरी गर्ने भन्ने विषयमा बोल्नेछन् । महिला सशक्तीकरणको मुद्दालाई सशक्त रूपमा उठाउने अनेक अभिन्तामध्ये शेर्ल ब्लेयरको नाम विशेष छ । उनी पनि यस समिटको विशेष आकर्षण हुनेछिन् । ध्यान पूर्वीय दर्शनको अभिन्न अंग हो । त्यही ध्यानलाई नयाँ प्रविधिसँग जोडेर स्वस्थ समाज निर्माणमा लागिपरेका ‘हेडस्पेस’का सह–संस्थापक एन्डी पुडिकम्बले स्थिर र शान्त रहन सिकाउनेछन् ।

र, आउन लागेको अस्थिर दशकको व्यापार व्यवसायबारे बोल्न भारतका शीर्ष सीईओहरू अजय पिरामल, सुनिता रेड्डी र सुनील मञ्जलसँगै रोनी स्क्रुवाला, बोस्टन कन्सल्टिङ ग्रुपका एसिया–प्यासिफिक प्रमुख नीरज अग्रवाल र नेपालका एकमात्र अर्बपति विनोद चौधरी रहने इकोनोमिक टाईम्सले जनाएको छ ।

अध्यक्ष चौधरीले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग गुजरातका मुख्यमन्त्री हुदादेखि नै अध्यक्ष चौधरीको निकट सम्वन्ध रहदै आएको छ ।    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ