arrow

कोरोना भाइरसः बायोमेट्रिक हाजिरीमा रोक, कहाँ गए घुम्न आएका ४५० इरानी ? 

मृतक ३४११, संक्रमित १००६८५, निको भएर घर फर्केका ५५७५३

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
corona-patient.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वको जनजीवन अस्तव्यस्त भएको छ । निकै खतरनाक बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक देश र अर्को देशबीचको सम्बन्ध बिग्रने सम्भावना उत्तिकै बढेको छ ।

 यसबाट भारत पनि अछुतो छैन । भारतमा अहिलेसम्म ३१ संक्रमित भेटिएका छन् । पछिल्लो पटक शुक्रबार दिल्लीमा पनि एक संक्रमित फेला परेका छन् । 

भारतको केन्द्र सरकारले सबै कार्यालयमा बायोमेट्रिक हाजिरी पनि मार्च ३१ तारिखसम्म रोक लगएको छ । 

विदेशबाट आउने ३० एयरपोर्टमा स्क्रिनिङ थालेको छ । 

अहिले गत महिना भारत छिरेका ४५० इरानी नागरिकहरुलाई सरकारले खोजिरहेको छ । 

इरानमा कोरोनाको स्थिति गम्भीर छ । 

शुक्रबार मध्यरातसम्म कोरोनाका कारण मृतकको संख्या ३,४११ जना रहेका छन् । १ लाख ६८५ संक्रमित देखिएका छन् । 

५५ हजार ७५३ जना भने निको भएर अस्पतालबाट घर फर्केका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ