arrow

कोरोना भाइरसका संदिग्ध राखेको होटल ढल्यो, ७० फसे, ४७ लाई निकालियो

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
corona-buliding-collapse.jpg

काठमाडौं । चीनको पूर्वी प्रान्त फुजियानको चिनझोउ शहरमा शनिबार एक होटलको भवन ढल्दा ७० जना फसेका छन् । 

४७ जनाको उद्दार भएको छ । केही मानिस मरेको आशंका गरिएको छ । 

उक्त होटलमा कोरोनो भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएका मानिसहरु बस्थे । 

पाँच तल्ले उक्त जिन्जिया होटलको भवन के कारणले ढल्यो भन्ने केही खुलेको छैन । 

शनिबार ३७ जनाको उद्दार भए पनि आइतबार बिहान थप १० जनाको उद्दार भएको सरकारी मिडियाले जनाएको छ । 

उक्त होटल सन् २०१८ मा खुलेको थियो । जसमा ८० अतिथि कोठाहरु रहेका छन् । 

चाइना डेीका अनुसार शनिबार स्थानीय समय अनुसार बेलुकी साढे ७ बजे उक्त घटना भएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ