arrow

अष्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
corona-virus-awareness.jpg

एजेन्सी। अष्ट्रेलियामा एक नेपाली युवाले कोरोना भाइसको शंकामा परिक्षण गराएर नतिजा नआउँदै काममा गएपछि तनाव सृजना भएको छ। उनको नतिजा सकरात्मक आएपछि उनले काम गर्ने होटल र उनी पढ्ने कलेजमा अधिकारीहरुले जाँच शुरु गरेका छन्।

उनीसँग नजिक रहेका परिवार र साथीहरुलाई क्वारेन्टाईनमा राखिएको छ। उनले होटल र कलेजमा को-कोसँग भेटे भन्ने बारे पनि सोधखोज जरी रहेको अष्ट्रेलियाका मिडियाहरुले रिपोर्ट गरेका छन्।

होबर्टमा रहेका उनले कोरोना भाइरसको परिक्षण र नतिजा बिचमा एकान्त (आईसोलेसन)मा बस्नु पर्ने नियमको पालना नगर्दा तनाव सृजना भएको हो। समाचारहरुका अनुसार नेपालबाट सिंगापुर हुँदै सिड्नी पुगेका उनी फेब्रुअरी २६मा होबर्ट पुगेका थिए।

उनी होबर्टको ग्राण्ड चान्सलर होटलमा काम गर्ने गरेको र कोरोनाको शंकामा परिक्षण गराएपछि उणी आईसोलेसनमा जानु पर्नेमा काममा गएका थिए। होटलले उनीसँग उक्त दौरान सम्पर्कमा आएकाहरुसँग 'कनट्याक्ट' गरिसकेको बताईएको छ।

उनको आईसोलेसनमा बस्नु पर्ने थाहा हुँदा हुँदै पनि सार्वजनिक स्थानमा जानु मान्य नहुने स्थानीय अधाकरीहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ