arrow

रामबाबु सापकोटाको अध्यक्षतामा जीपी फाउण्डेसन स्पेन गठन

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
gp-foundation-spain.jpg

बार्सिलोना । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशनको स्पेन शाखा गठन गरिएको छ।

रामबाबु सापकोटाको अध्यक्षतामा फाउण्डेशन स्पेन शाखाको १३ सदस्यीय समिति गठन गरिएको हो। फाउण्डेशनको उपाध्यक्षद्वयमा  बिजय शर्मा दर्पण र कमल भण्डारी, महासचिवमा एन के भट्टराई र कोषाध्यक्षमा दर्पण के सी चयन भएका छन् । त्यस्तै मुक्ति श्रेष्ठ, बिकाश कंडेल, प्रकाश पुरी, सुरज कुमार न्यौपाने, रेमण्ड शाही, मञ्जु तिवारी, प्रकाश गिरि र हरि शर्मा सदस्यमा चयन भएका छन्।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्माको प्रमुख आथित्यताका साथै पूर्व अध्यक्ष पुष्प राज भण्डारी र निबर्तमान अध्यक्ष शालिकराम डुम्रेको बिशेष आथित्यतामा काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको फाउण्डेशन शाखाको स्पेनमा एक कार्यक्रमबीच गठन गरिएको हो।  कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यका साथ समिति गठन भएको  हो।

जीपी फाउण्डेशन स्पेन गठन भए पश्चात यस संस्था सामाजिक एवं राजनैतिक दुबै क्षेत्रमा सक्रिय भएर लाग्ने फाउण्डेशनका अध्यक्ष राम बाबु सापकोटाले बताए। नेपालको राजनिति कालखण्डमा सक्रिय हुँदै आएका सापकोटा जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष पनि हुन्। प्रवासमा रहे पनि नेपाली काँग्रेसका हितका लागि आउँदा दिनहरूमा अझै शशक्त रूपमा लाग्ने प्रतिबद्दता उनले गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ