arrow

एनआरएनए युरोप क्षेत्रको बैठक आयरल्याण्डको डुब्लिनमा

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
nrna1.jpg

लन्डन ।  गैरआवासीय नेपाली संघ एनआरएनए को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डको डुब्लिनमा हुने भएको छ ।

सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरेको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले जानकारी दिए । बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधिहरु सहभागी हुने तिमल्सिनाको भनाइ छ ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ ।

सम्मेलन डुब्लिनस्थित र्याडिन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारेपछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए ।

संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो ।

 संघको यो नियमित बैठक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ