arrow

सामाजिक पर्वहरुले जिल्लाको पहिचान राखेको छ – उपसभापति ढुंगाना 

logo
पूर्णबहादुर खड्का, 
प्रकाशित २०७६ फागुन २७ मंगलबार
86831314_571292347072372_35.jpg

अछाम । नेपाल प्रेस युनियन जिल्ला शाखा अछामको आयोजनामा होली मिलन कार्यक्रम ठुलासैनमा सम्पन्न भएको छ । सहकर्मीसंग होली, संचारकर्मी संग होली भन्ने उद्देश्यका साथ सामाजिक सद्भाव र एकआपसमा बन्द्युत्व कायम गर्न लागि होली मिलन कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका अध्यक्ष टंकप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगाना प्रमुख अथिति रहेका थिए ।
 
उपसभापति ढुंगानाले बिजयीको उत्सव होलीले सामाजिक सद्भाव र एकआपसमा बन्द्युत्व कायम गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । 

होलीको इतिहासको बारेमा बोल्दै ढुंगानाले यस्ता सामाजिक पर्वहरुले जिल्लाको पहिचान कायम राखेको बताए । 

एक फरक प्रसंगमा बोल्दै युवा नेता ढुंगानाले समाज परिवर्तनको संवाहकका रुपमा संचार रहेको भन्दै नकारात्मकतिर गईरहेको समाजलाई सकारात्मक क्षेत्रतिर लैजानेतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरे । 

सदियौँदेखि कसैको बचावटमा मात्र समाजलाई नकारात्मक दिशातर्फ लैजाने ब्यक्ति हाबी हुँर्दै गएकाले त्यसको प्रतिकार गर्दै अब संञ्चारकर्मीले खबरदारी गर्नु पर्नेमा उपसभापति ढुंगानाको जोड थियो । 

प्रेस युनियन अछामका अध्यक्ष टंकप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष तथा नेपाली काँग्रेस अछामका सहसचिव बेदप्रकाश तिमिल्सैनाले संंख्यात्मक रुपमा अछामका मिडिया तथा संञ्चारकर्मीको बाहुल्यता भए पनि गुणात्मक रुपमा त्यसको प्रतिफल खासै नदेखिएको उल्लेख गरे ।

प्रेस युनियन अछामले जिल्लामा विभिन्न सामाजिक क्षेत्र र समाज परिर्वतनका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको स्मरण गर्दै होली मिलन कार्यक्रम गरेकोमा प्रशंसा गरे । आगामी दिनमा पनि यस्तै रचनात्मक काममा युनियन अग्रणी भएर लाग्नुपर्ने सुझाब दिए । 

कार्यक्रममा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, नेपाल प्रेस युनियन अछामका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वडा नंं ६ का वडाध्यक्ष जनकराज भण्डारी, प्रेस युनियन अछामका पूर्व अध्यक्ष एवं जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगाना, प्रेस संगठन नेपालका प्रदेश सदस्य शिबराज ढुंगाना, कृषि सहकारी अछामका अध्यक्ष बेद प्रसाद ढुंगानाले शुभकामना मन्तव्य राख्दै युनियनले होली मिलन कार्यक्रम गरेर राम्रो काम गरेकोमा प्रशंसा व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रेस संगठन नेपालका प्रदेश सदस्य चन्द्रबहादुर थापा, फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवँर, दलित पत्रकार महासंघ अछामका अध्यक्ष सुरत सुनार लगायतका अतिथी रहेका थिए । 

नेपाल प्रेस यूनियन अछामका बरिष्ठ उपाध्यक्ष लोकराज ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव सुशिल भण्डारीले गरेका थिए । 

जिपि कोईराला प्रतिष्ठान अछाम र कृषि सहकारी संस्था अछामको सहयोग तथा  फोटो पत्रकार महासँघ अछामको सह आयोजनामा होली मिलन कार्यक्रम गरिएको थियो । 

पत्रकार ढुंगानालाई बधाई तथा सम्मान 
सोही कार्यक्रममा अन्तराष्ट्रिय सामुदायिक पत्रकारीता पुुरुस्कार ईञ्जाद्धारा सम्मानीत कान्तिपुर दैनिकका अछाम सवाददाता, पत्रकार महासंघ अछामका सहसचिव तथा प्रेस युनियनका केन्द्रिय पार्सद मेनुका ढुंगानालाई सम्मानीत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथितिबाट दोसल्ला ओडाई तथा बिशिष्ट अथितिद्धारा अबिर लगाएर बधाई ज्ञापन तथा सम्मान गरिएको थियो । 

ढुंगानाले जिल्लामा क्रियाशिल रहेर समाज परिर्वतनका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरिएको थियो ।  

यता रेडियो रामारोशन एफएम ९२ मेगाहर्ज अछामले समेत ढुंगानालाई दोसल्ला र अब्बिर लगाएर बधाई तथा सम्मान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ