arrow

डाइनामिक युथको होली भिजन

logo
युबराज रेग्मी, 
प्रकाशित २०७६ फागुन २७ मंगलबार
89716180_248133496204638_57.jpg

झापा । त्रिभुवन बिश्वबिद्यालय गौरादह कृषि क्याम्पस गौरादह अन्तर्गत रहेको प्रजातान्त्रिक विद्यार्थी निकट संगठन डाइनामिक युथ नेपाल झापा च्याप्टर नामक संस्थाले क्याम्पस परिसरमा मंगलबार तराई होली पर्वको अवसर पारेर होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।      

त्रिभुवन बिश्वबिध्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको आंगिक  क्याम्पस गौरादह कृषि क्याम्पसमा बिएससी एजीमा अध्ययनरत विद्यार्थीहरुले हिन्दूहरुको महान् पर्व फागु पुर्णिमा (होली) को अबसर पारेर आयोजित होली मिलन कार्यक्रम तथा चिट्ठा प्रतियोगिताको नतिजा सार्बजनिक कार्यक्रममा रमाइला नृत्य साथै हाँडी फुटाइ खेल  कार्यक्रम समेत आयोजना गरिएको थियो ।  

चिट्ठा उपहार अन्तरगत बम्पर पुरस्कार (खसी)  बिजेता मिना सुवेदी, प्रथम पुरस्कार राइस कुकर अन्तरगत अनिस अर्याल  द्वितीय पुरस्कार स्टेन्ड फेन  बिजेता मुना गिरि, तृतिय पुरस्कार ग्लास सेट  बिजेता तुलसा पन्त त्यसै गरी प्रथम सान्त्वना बिनिता कटवाल र दोस्रो सान्त्वना पुरस्कार उपहार अन्तरगत  दृष्टि सिक्देल बिजेता बन्न सफल भएका थिए ।

कार्यक्रममा आफ्नो विचार राख्दै कार्यक्रममा विशिष्ट अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार साहले विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै नगरबासीहरुलाई कार्यक्रम मार्फत  शुभकामनासहित समग्र गौरादहसीहरुलाई महान पर्व होलीको अवसरमा सुस्वास्थ्य दिर्घायु र समृद्धिको कामना समेत गरेका थिए ।

गौरादह कृषि क्याम्पसको प्राङ्गणमा संस्था अध्यक्ष बन्दना भट्टराईको सभापतित्वमा सन्चालित  उक्त कार्यक्रम सस्थाका सचिब सार्दुल भट्टराईले सन्चालन गरेका थिए ।

कार्यक्रममा उक्त कलेजमा अध्ययनरत बिध्यार्थीहरुले सौहार्द र सभ्य रुपले होली पर्व मनाएका थिए । विभिन्न अबसर पारेर जनचेतना मुलक कार्यक्रम पस्कदै आएको बिध्यार्थी हरुको सस्था डाइनामिक युथ झापा च्याप्टरले बिगत केही वर्षदेखि आफ्नै अनुपम योजना र भिजन सहित विभिन्न समयमा गौरादहमा  सचेतना, सहयोग र मनोरन्जनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ