arrow

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा आकर्षक उपहार 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ फागुन २७ मंगलबार
esewa-beemaa.jpg

काठमाडौं। इसेवाले जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ। यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू सय सम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सक्ने कम्पनीले जनाएको छ। यस योजना अन्तरगत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार रू ५०, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार रू ७५ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार रू सय रूपैयाँ इन्सेन्टिभ पाउने बताइएको छ।

यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ। यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइने बताइएको छ।

पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको कम्पनीको दावी छ। 

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक भएको जनाइएको छ । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिनेबताइएको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ