arrow

कोरोनाबारे साउदी अरबियाले लगायो कडा नियम 

logo
अरशद शेष राई, 
प्रकाशित २०७६ फागुन २८ बुधबार
saudi-arabia-final.jpeg

साउदी । खाड़ी देशहरुमध्ये कोरोना भाइरस ९कोभिड–१९० बाट सबैभन्दा बढी ईरान प्रभावित भएको छ । ईरानमा हालसम्म २९१ जनाको मृत्यु भई सकेको छ भने संक्रमित हुनेहरुको संख्या ८०४२ पुगेको छ ।

कोरोना भाइरसलाई आफ्नो देशमा फैलिन नदिनका लागि अन्य छिमेकी देशका बोर्डर चेकजाँचमा कडाईका साथ ध्यान दिरहेका छन् । 

साउदी अरबियाले कोरोनालाई मध्यनजर गर्दै आफ्नो देश आउने मानिसहरुमाथि कडा नियम लागू गरेको छ ।

साउदी अरबियाले आफ्लो देश आउने जोकोहीले पनि यदि आफ्नो स्वास्थ्यबारे जानकारी दिएन भने त्यसमाथि १३ हजार डलर सम्मको जरिबाना लाग्ने जानकारी दिएको छ ।

कोरोना भाइरसलाई रोकथाम गर्नका लागि साउदीले सोमबारदेखि नै १४ देशको आवागमनमाथि तत्काल रोक लगाएको छ । 

साउदी सरकारले चेतावनी दिएको छ यदि कोही पनि ईरान गयो भने त्यसमाथि कडा सजाय हुने छ ।

साउदी अरबियामा अहिलेसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको साउदी स्वास्थ मंत्रालयले जनाएको छ । 

चीनमा नियन्त्रणतिर आए पनि इटाली र इरानमा भने बढ्दै गइरहेको छ । 

बुधबार बिहानसम्म ११५ देशमा कोरोना फैलिसकेको छ । अहिलेसम्म ४ हजार २६२ जनाको मृत्यु भएको छ । 

पछिल्लो समय चीनमा मृतक र कोरोना संक्रमितहरु कम हुँदै जाँदा इटालीमा भने बढेको बढ्यै छन् । 

इटालीमा मंगलबार रातिसम्म ४६३ जनाको ज्यान गएकामा अहिले त्यो संख्या ६३१ पुगेको छ । 

संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने ८० हजार ७५८ संक्रमित छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ उदगम स्थल वुहान पुगेर मंगलबार कोरोना नियन्त्रणमा आएको ंसंकेत गरेका छन् । 

उनले उद्घोष गर्नमात्र बाँकी रहेको तर्क गरिएको छ । इटालीले देशका सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । 

इटालीपछि सबैभन्दा बढी इरानमा २९१ जनाको ज्यान गएको छ । कोरियामा ५४, स्पेनमा ३५, फ्रान्समा ३३, अमेरिकामा २३, जापानमा १० जनाको मृत्यु भएको छ । 

इरानमा ८ हजार ४२ संक्रमित छन् । कोरियामा ७ हजार ५१३ जना संक्रमित छन् । 

नेपालमा एक जना संक्रमितलाई निको भएको छ । अन्यलाई देखिएको छैन । 

। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ