arrow

गायक तथा संगीतकार डेनी निरौलाको एकल साँझ साँस्कृतिक संस्थानमा

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
89031433_157438978641182_51.jpg

काठमाडौं । इलामेली गायक तथा संगीतकार डेनी निरौलाको एकल साँझ कार्यक्रम यही फागुन २९ गते बिहीबार हुने भएको छ । 

साँस्कृतिक संस्थानको आयोजनामा हुने नियमित एकल गायन श्रृङ्खला सुर साधनाको १८औं चरणमा संगीतकार निरौलालाई देख्न पाईने भएको हो ।

दिउँसो ३ बजेदेखि सांस्कृतिक संस्थानको सभा हलमा सुरु हुने कार्यक्रमको भब्य तयारीमा रहेको संगीतकार निरौलाले बताएका छन् ।

उक्त कार्यक्रममा निरौलाले ९ देखि १० वटा गीत गाउने बताए । परिवार नै संगीतमा रहेको निरौलाको अनौपचारिक सांगीतिक यात्रा सानो उमेरदेखि नै भए पनि औपचारिक यात्रा भने २०५० सालदेखि भएको हो । 

संगीतमा निख्खर निरौलाका स्वर र संगीत गरी दुई सय भन्दा बढी गीतहरु नेपाली सांगीतिक बजारमा आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ