arrow

एफवान सफ्टद्धारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ताहरु सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७६ फागुन २८ बुधबार
esewa-biswash.jpg

काठमाडौं। एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्म को कार्य सुरुवात गरेको घोषणा गरेको छ। यस प्लाटफर्मको प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको बताएको छ। सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेताको रुपमा बिएल  स्टील प्रालि रहेका छन्।

‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो। आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँउछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ।

‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्र्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता  (सप्लायर) , ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ। सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ। यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ।

हाल यस क्वीक भुक्तानी’ प्लेटफर्र्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा छन्। अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्विक  र लाभदायक हुने विश्वास एफवान सफ्टले लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ