arrow

कोरोना भाइरसको संक्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
bhimshen.JPG

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमण रोक्न भिडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझवा दिएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै उनीहरुले तत्काल शैक्षिक संस्था बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले कोरोना भाइरसको जोखिम रोक्न तत्काल भिडभाड हुने स्थलमा आवश्यक तयारी गर्न र शैक्षिक संस्था तत्कालका लागि बन्द गर्न माग गरे । 

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण संघीय संसदको अधिवेशन रोक्न माग गरे ।   सांसद प्रधानले बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कोरोनाको संक्रमणबाट बच्‍न संसद अधिवेशन स्थगित गर्न माग गरेका हुन् ।

प्रधानले भने ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’ युरोप, अमेरिकाजस्ता देशहरू त्रसित भएको अवस्थामा नेपालले तत्काल भिड जम्मा हुने विद्यालय, संसदजस्ता ठाउँहरू बन्द गर्न यनले माग गरे ।  

यस्तै कांग्रेसकै अर्का सांसद भरत शाहले पनि कोरोनाको त्रास रहेको भन्दै संसदका बैठक पनि स्थगन गर्नुपर्ने बताए ।उनले भने, ‘संसदलाई धेरै दिन नचलाउने हो कि ?’

सांसद रामबहादुर विष्टले कोरोना भाइरसको संभावित महामारीलाइृ लिएर बजारमा अत्यावश्यक सामग्रीको अभाव हुदै गएको भन्दै यसको नियन्त्रण गर्न के कति प्रगति भईरहेको छ भनी जानकारी माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ