arrow

कोरोना भाईरसको आशंकामा क्रिष्टियानो रोनाल्डो क्वारेन्टाईनमा

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
ronaldo47.jpg

एजेन्सी। पोर्चुगल र सिरि ए क्लब युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाईरसको आशंकामा क्वारेन्टाईनमा बसेका छन्। पोर्चुगलमा रहेका रोनाल्डो आफ्नै घरमा ‘क्वारेन्टाईन’मा बसेका हुन्।

युभेन्टसका रक्षापंक्तिका खेलाडी ड्यानियल रुगानीलाई कोभिड-१९ भएको पुष्टि पछि उनीसँग खेलेका सबै खेलाडिहरु क्वारेन्टाईनमा बसेका छन्। आमालाई केहि अघि हृदयघात भएपछि भेट्न पुगेका क्रिष्टियानो पोर्चुगल पुगेपछि रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

युरोपमा मात्र १२ हजारलाई संक्रमण भएको र ८ सय २७को मृत्यु भैसकेको अवस्थामा क्रिष्टियानो ईटाली फर्कने छैनन्। उनी आफ्नो गृह शहर मडेरियामा रहने छन्।

युभेन्टसका खेलाडीहरुले रुगानीसँग ड्रेसिङ रुममा संगै बसेका थिए। रुगानी अहिले ‘आइसोलेसन’मा रहेका छन् र उनी स्वास्थ्यलाभ गरिरहेको बताईएको छ। युभेन्टसले आईसोलेसनका सबै प्रकृया पच्छ्याईरहेको छ। उसले आफ्ना सबै खेलाडीहरुलाई आईसोलेसनमा बस्न भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ