arrow

पाँच अमेरिकीलाई हत्या गर्ने शंकास्पद व्यक्ति आफै मृत

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
America-2014.png.png
एप्लिङ (अमेरिका) । पाँच जना अमेरिकी नागरिकको ज्यान लिएका छुट्टाछुट्टै दुई बन्दुक आक्रमणमा संलग्न रहेको शंकास्पद व्यक्ति मृत अवस्थामा फेला परेको जर्जियाको प्रहरीले बताएको छ । मृतक आक्रमणकारीको शरीरमा गोलीको चोट भेटिएकोले आँफै गोली हानी आत्महत्या गरेको शंका प्रहरीको छ । 
 
गोली आक्रमणमा मृत्यु भएको मानिस तथा मृतक आक्रमणकारीको परिचय भने प्रहरी सार्वजनिक गरेको छैन । घटनामा तीन पुरुष र दुई महिलाको मृत्युभएको थियो । शुक्रबार एप्लिङमा भएको आक्रमणमा दुई जनाको घटनास्थलमा नै र अन्य एकजनाको अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्युभएको थियो । 
 
पहिलो आक्रमण एप्लिङमा भएको र दोस्रोआक्रमण यसको करिव दुई किलोमिटर टाढा भएको र त्यहाँ पनि दुई जनाको मृत्युभएको कोलम्वियाको काउन्ट्री अफिस सेरिफको कार्यालयका क्याप्टेन एन्टी सेन्दले बताए । यी दुई घटनामा मृतक आक्रमणकारीको संलग्नता रहेको दावी गरिएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ