arrow

हलिउडका चर्चित अभिनेतालाई कोरोना, विश्वका ११८ मुलुकमा संक्रमण

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
tom.JPG

काठमाडौं । हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्सलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ।  ओस्कर विजेता रहेका अभिनेता ह्याङ्क्स्‌ले आफू र आफ्नी श्रीमती रिट विल्सनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको बताएका छन् । ६३ वर्षीय अभिनेताले आफ्नो इन्स्टाग्राममा सो कुराको खुलासा गरेका हुन् ।   

ह्याङ्क्स्‌ले आफू र आफ्नी श्रीमती रिट विल्सनमा रुघाखोकी चिसो लागेको लक्षण दुवैजनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएको बताएका छन्। दुवैजना अहिले अस्ट्रेलियाको अस्पतालमा स्थीर स्वास्थ्य अवस्थासहित अलग्गै बसेका छन्।

ह्याङ्क्स्‌ले लेखेका छन्: "हामीले रुघाखोकी लागेजस्तो अलि थकित महसुस गरेका थियौँ, र हाम्रो जिउ पनि दुखेको थियो। रिटलाई चिसो लागेको थियो र थोरै ज्वरो पनि थियो।अहिले विश्वमा आवश्यक देखिएजस्तो हामी समय अनुसार चल्न खोज्यौँ र कोरोना भाइरसको परीक्षण गरायौँ, र हो रहेछ भन्ने देखियो। "

विश्वका ११८ देशमा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ४ हजार ५०० पुगेको बताइएको छ ।  तर यसमध्ये ६६ हजार भन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको वुहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ ।

चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् । इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ