arrow

मोहना पुल नजिकै एकको मृत्यु

logo
रासस,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
dead2.jpg

कैलाली।धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

कृषक समूहलाई माहुरी वितरण
धनगढी उपमहानगरपालिकाले धनगढी– ८ स्थित श्री गणेश टोलमा रहेको भलाकुसारी महिला कृषक समूहलाई २० घार माहुरी वितरण गरेको छ। उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र वडा नं ८ का अध्यक्ष नारायण बरालले  संयुक्त रुपमा सो समूहलाई २० घार माहुरीलगायत मह निकाल्ने मदानी बिहीबार प्रदान गरे।

उपमहानगरपालिकाको युवालक्षित कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा माहुरीसहितको घार उपलब्ध गराएको बताइएको छ। यसमा ५० प्रतिशत लगानी समूहको छ। सो समूहले राम्रो गरेमा माहुरीको बीउ स्रोत केन्द्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ। समूहले गरेको मागका आधारमा  माहुरी र घार उपलब्ध गराएको  जनाइएको छ। नगर प्रमुख वडले राम्रो गर्ने किसानलाई थप सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउने धारणा व्यक्त गरे। आफूहरु माहुरीको स्रोतकेन्द्र बनाउने उद्देश्यका साथ जुटेको समूहले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ