arrow

घर अगाडि भाइ सोहेलले कुटाइ खादा सलमानले के गरे ?

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
salman-arbaj.jpg

काठमाडौं । बलिउडका अभिनेता सलमान खानका भाई सोहेल खान पनि बलिउडमा चलेकै नाम हो । सलमान खान जस्तै, सोहेल खानले पनि समस्याको साथसाथै आफ्नो जीवनमा फ्यानहरूको प्रेमको सामना पनि गरेका छन्। एकपटक सोहेल खानलाई आफ्नो घर ग्यालेक्सी अपार्टमेन्ट अगाडि एक व्यक्तिले गालीगलौज गरेका थिए । सोसँगै सोहेल रिसाए। यसपछि उनी घरबाट उनलाई मर्मत गर्न बाहिर निस्किए ।

सोहेललाई  थाहा थिएन कि ती व्यक्तिसँग अन्य साथीहरु पनि छन्। यस्तो अवस्थामा, जब सोहेल उनको नजिक पुगे, ती सबै व्यक्तिहरू मिलेर सोहेललाई उल्टै कुट्न थाल्छन् । सो समय भवनका सुरक्षाकर्मीहरु पनि त्यहि उभिरहेका थिए र हेरिरहेका थिए।

त्यहि समयमा सलमान खान भाइलाई कुटपिट गरेको देखेर तुरुन्तै बाहिर निस्कन्छन् । सलमानलाई देखेपछि सबै भाग्छन्  र आफ्नो भाइलाई उनीहरूबाट बचाउछन् । यसपछि प्रहरी घटनास्थलमा पुगी ती सबैलाई हिरासतमा लिए।

पछि सोहेलको सोच बदलियो र सलमानलाई भनेर प्रहरीलाई ती व्यक्तिहरुलाई रिहा गर्न भने। हाल सोहेल फिल्म राधेमा सलमान खानको साथ देखा पर्दैछन् । यस फिल्ममा दिशा पाटनीसँग रणदीप हूडा र ज्याकी श्राफ पनि देखिनेछन्।

केहि समय अघि गाजियाबादका १६ बर्षिय युवाले मुम्बई प्रहरीलाई एक ईमेल पठाएर सलमान खानको घर बमले उडाउने धम्की दिएका थिए। सो ईमेल पाएसँगै प्रहरीले आफ्नो कार्यलाई अगाडि बढायो ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार सो ईमेल ४ डिसेम्बरमा गाजियाबादबाट बांद्रा प्रहरीलाई पठाइएको थियो। सो ईमेलमा युवकले भनेका थिए - अबको दुई घण्टामा सलमान खानको बान्द्रामा ग्यालक्सीमा विस्फोट हुनेछ, रोक्न सक्छौ भने रोक।" सो ईमेलको सूचना पाउने बित्तिकै प्रहरी सक्रिय भयो ।

सलमान खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा क्षेत्रको ग्यालेक्सी अपार्टमेन्टमा बस्छन्। यस्तो अवस्थामा बम डिटेक्टर र डिस्पोजल स्क्वाडसहित प्रहरी सलमानको घरमा पुग्यो। यद्यपि त्यसबेला सलमान खान घरमा थिएनन्, जसकारण प्रहरीले सलीम खान, आमा सल्मा र बहिनी अर्पितालाई सुरक्षित ठाउँमा लगेर सम्पूर्ण घरमा खोजतलासी गरे। खोजीपछि पनि प्रहरीले कुनै बम फेला पारेन।

अर्कोतर्फ, प्रविधिको सहयोगमा प्रहरीले सो ईमेल पठाउने व्यक्तिलाई फेला पारे। जसपछि ईमेल गाजियाबादमा बस्ने १६ बर्षिय युवकले पठाएको पत्ता लाग्यो। स्थान पत्ता लाग्ने बित्तिकै, प्रहरी टोली गाजियाबादको युवकको घरमा पुगे। तर युवक घरमा थिएनन्।

आरोपी युवकको घरमा पुगेको प्रहरीले सम्पूर्ण कुरा उनको जेठो दाइलाई सुनाए र युवकलाई घरमा बोलाइयो। त्यसपछि प्रहरीले युवकलाई वान्द्रा प्रहरी स्टेशनमा उपस्थित हुन सूचना दियो। यससँगै युवकबिरूद्ध गैरसंज्ञेय अपराधको मुद्दा पनि  बनाइयो । साथै युवकलाई जुवेनाइल अदालतमा हाजिर गरियो । तर अदालतमा युवकले अनजानमा भुल गरेको भन्दै माफि मागेपछि युकलाई सफाइ दियो ।

सलमान खानको आगामी फिल्म  'राधे- योर मोस्ट वांटेड भाई' हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ