arrow

पूर्वाञ्चल विश्वविद्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी

logo
रासस,
प्रकाशित २०७६ चैत २ आइतबार
purbanchal-university.jpg

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ। नेपाली कांग्रेस  र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो मार्दै  विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए।

काँग्रेस प्रदेश नं १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्नुपर्ने माग गरे। प्रदेशसभा सदस्य  जयराम यादवले प्रदेश सरकार विराटनगरको इतिहास मेटाउने काममा उद्यत भएको आरोप लगाउँदै यहाँको राजनीतिक, सामाजिक र ऐतिहासिक उपलब्धिलाई यथावत राख्नुपर्छ भने।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले  यहाँको गौरव मास्न खोज्ने विषय विराटनगरवासीलाई मान्य नहुने बताए।

कांग्रेस विराटनगर महानगरपालिका समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले विश्वविद्यालयको विधानमा केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख रहेको हुँदा संशोधन गरी गोठगाउँमा लैजान नहुनेमा जोड दिए। समाजवादी पार्टी विराटनगर महानगरपालिका समितिका कार्यवाहक अध्यक्ष मो नसरुलले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट अन्यत्र सार्न नहुने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ