arrow

समायोजनमा परेका वीरका कर्मचारीहरु नक्कली बिरामी बनेर भत्ताको लोभमा अस्पताल छोड्न मान्दैनन्

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत २ आइतबार
NAMS-bir-hospital.jpg

काठमाडौं। कोरोनाको त्रास फैलिरहेको अबस्थामा समेत समायोजनमा परेका तीन दर्जन स्वास्थ्य र प्रशासनका कर्मचारी बिरामी भएको बहाना बनाएर रमना नलिइ वीर अस्पताल नै हाजिर भइरहेका छन्। स्वास्थ्य कर्मचारी अभाव हुन नदिन बिदामा नबस्न सरकारले भने पनि लामो समय देखि (२०७५ साल) देखि नै बिरामी भएको झुटो बिवरण देखाएर राजनैतिक दवावमा वीर अस्पतालमा नै बसिरहेको एक कर्मचारीले बताए।

उनका अनुसार समायोजनमा स्थानीय र प्रदेस अन्तर्गत परेका तीन दर्जन स्वास्थ्य र प्रशासनका कर्मचारीहरुले विरामी नभए पनि मेडिकल बोर्डमा पैसा खर्च गरेर बिभिन्न रोग लागेको देखाउदै बोर्डबाट रोगीको सिफारिश बनाएर वीर अस्पतालमा नै बस्दै आएका छन्। उनी भन्छन् यिनीहरु नक्कली विरामी हुन यदि बिरामी नै हुन भने अबकाश दिनु पर्ने हो।

एक विभागीय प्रमुख भन्छन्,  जो जो मेडिकल सिफारिश बनाए सबै एकसे एक बलिया र स्वास्थ्य छन्। खाली वीर अस्पताल छोड्न नपरोस भनेर बिरामी बनेका हुन्।

वीरमा बस्दा भत्ता खान पाईने, स्टोर र खरिद ,मेडिकल बोर्डमा बस्न वाहिर जान मान्दैनन्। उनीहरुले तलवको साथै पचास प्रतिशत भत्ता पनि पाउँछन्। त्यसैले छोड्नु भन्दा राजनैतिक दवाव दिएर भएपनि यही बस्न रुचाउन्छन् उनले भने।
स्थानीय तहमा समायोजन भएकाहरु तत्काल रमाना दिन कर्मचारीहरुले माग समेत गरेका छन्। तर उनीहरुले मिलोमतोमा पठाइएको छैन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ