arrow

कोरोनाको वहानामा कलाकारको बैचारिक आस्थामा बोलियो धावा, रोकियो महोत्सव

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २ आइतबार
mohotsab1.jpg

रुपन्देही  । गत फागुन २१ गते देखि बुटवलमा सञ्चालन भएको प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि व्यापार एंव पर्यटन महोत्सवमा साँस्कृतिक कलाकारहरुको ठेक्काको विषयलाई लिएर कोरोना भाईरसको वाहिरी वाहनामा वन्द गर्न लगाएको टेलिफोन वार्ता बाहिरिएको छ।

महिला उद्यमीहरुद्वारा गत फागुन २१ गतेदेखि चैत्र २ गतेसम्म आयोजना गरिएको सो महोत्सव रुपन्देहीको बुटवल उप– महानगरपालिका वडा नं.११ देविनगरमा आयोजना गरिएको थियो । महोत्सवका विषयमा राष्ट्रिय लोक तथा दाहोेरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण लेकाली र कलाकारहरुको ठेक्का लिएका ठेकेदार राजविर जैशवाल बीचको टेलिफोन वार्ता बाहिरिएको हो ।

महिला उद्यमीहरुद्वारा बुटवलमा सञ्चालित सो सञ्चालन भएको मेला केही दिनपछि जिल्ला प्रशसान कार्यालय रुपन्देहीले बिचमै रोकिदिएपछि महोत्सव आयोजक पक्षले क्षतिपूर्तीको माग गरेका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश नं.५ ले बुटवलमा पहिलो पटक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो ।

गत फागुन २१ गतेदेखि सञ्चालित उक्त मेला चैत २ गतेसम्म चल्ने सहमति भएको महोत्सव आयोजक समितिले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उग्र महामारीको रुप लिन थालेपछि महोत्सव सञ्चालनमा रोक लगाएको वताएको छ।

तर यता भने सोही विषयलाई लिएर प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण लेकाली र कलाकारहरुको ठेक्का लिएका ठेकेदार राजविर जैशवालबीच टेलिफोन वार्ता भएको थियो। टेलिफोन वार्तामा प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण लेकालीले राजनीतिक संज्ञालाई उच्च प्राथमिकता दिदै खुल्ला रुपमा धावा बोलेका छन् ।

टेलिफोन वार्तामा लेकालीले कम्युनिष्ट पार्टीका कलाकार किन नहालेको भन्दै, कांग्रेसका मात्रै कलाकार समावेश गरेकाले आफुले नै उक्त महोत्सव वन्द गर्न अगुवाई गरेको र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएकाले कोरोना भाईरसको वहानामा सो महोत्सव वन्द गर्न लगाएको टेलिफोन वार्तामा स्पष्ट सुन्न सकिन्छ । टेलिफोन वार्ता हाम्राकुरासँग सुरक्षित रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ