arrow

फरक धारको रियालिटी शो ‘सुनौलो तारा’ डिसहोममा हेर्न सकिने

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
dishhome-sunaulo-tara-logo.jpg

काठमाडौं। पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ। नेपाल भरिका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको बताएको हो।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८:३० वजे प्रशारण हुने छ। रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको जनाएको छ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ। यस कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ